२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ केन्द्रीय सदस्य मनोनयन

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ३१ केन्द्रीय सदस्य मनोनयन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ ।

पार्टीका नेता सुन्दर पाण्डेका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष हुनुहुन्छ ।

त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रबिन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौँ बाट प्रा डा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट हुनुहुन्छ । गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको पार्टीले छिट्टै केही अग्रज नेतालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ ।