५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक
अ+ अ-

भैरहवा। यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ।

यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए।

रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्। जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन्। उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन्।

यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन्। यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ। त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो।

लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु। यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ। र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ।”

“यामाहा राइड द ब्लू विद रोडिज” अभियानमा निम्न अफरहरू रहेका छन्:
– बाइक खरिदअघि नै अधिकतम रु. १ लाखसम्मको नगद उपहार
– बाइक खरिदपछि अधिकतम रु. १० लाखसम्मको नगद उपहार
– हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक
– फ्री हेलमेट, ४ वटा नि:शुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५% छुट
– स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ०% ब्याजसहित ईएमआई सुविधा

यामाहा यस “यामाहा राइड द ब्लू विद रोडिज” अभियानमार्फत सबैजनालाई पर्वको खुशीसँगै यामाहाको रोमाञ्चको थ्रिल, स्टाइलको बोल्डनेस र यामाहालाई पुस्तौंदेखिको विश्वासिलो नाम बनाउन सफल यसको उत्कृष्ट पर्फर्मेन्सको अनुभव लिन निमन्त्रणा गर्दछ।

एम.ए.डब्लू. राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपाल सधैं नवीनता, पर्फर्मेन्स र भरोसामा अग्रणी रहँदै आएको छ। यसले जापानी प्रविधि, उत्कृष्ट स्टाइल र उत्साहको संयोजन मार्फत् नेपाली राइडरहरूलाई विश्वस्तरीय दुईपांग्रे सवारी उपलब्ध गराउँदै आएको छ।