१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार



अ+ अ-

काठमाडौँ । युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपाली नागरिकको उद्धार गरिएको छ ।

रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको समन्वय एवं सक्रियतामा उद्धार गरी आज अपराह्न नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायतको सहयोगमा उहाँहरुको उद्धार गरिएको हो ।

मन्त्रालयले सम्बन्धित मुलुकको कानुनको उल्लङ्घन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्नसक्ने उल्लेख गर्दै विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

साथै मन्त्रालयले यसप्रकार पक्राउ परेकाको उद्धार प्रक्रिया पनि सहज नहुने जनाउँदै विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन तथा यसप्रकारको कुनै पनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ ।