१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको टाउकोमा १२ टाँका लगाइयो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाइएको छ ।

पार्टी कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।

उनले भने, ‘हामी सुरुमा आत्तिएका थियौँ । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ । उहाँहरूको स्वास्थ्यमा सुधार आइरहेको छ । उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ । गर्धनमा सामान्य चोट छ । टाँका लगाएको ठाउँ र त्यो चोट निको हुँदै गएको छ ।’

अहिले सभापति देउवा सामान्य बोलचाल, हिँडडुल र पार्टीका नेताहरूसँग संवाद गर्नसक्ने भएको पनि उनले बताए ।

उनका अनुसार अहिले सभापति देउवालाई अस्पतालमै राखेर उपचार गरिँदै छ । बाहिर गएपछि भिडभाड हुने र त्यसले स्वास्थ्य लाभ गर्न असहयोग गर्नेभएकाले त्यसो गरिएको हो ।