१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा नकारात्मक सर्किटपछि अर्थमन्त्रीद्वारा अध्ययन कार्यदल गठन



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजार बिहीबार तीन पटक लगातार नकारात्मक सर्किट लागेपछि अर्थमन्त्री रामेश्वर खनालले समस्या अध्ययनका लागि कार्यदल गठन गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कायममुकायम) रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलमा राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेप्सेका कामु कार्यकारी निर्देशक निरन्जन फूँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य छन् ।

कार्यदलले पाँच दिनभित्र पुँजी बजारका समस्या तथा सुधारका उपायबारे सुझावसहित ठोस कार्ययोजना पेश गर्नेछ ।