१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टीः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताउनु भयो । अरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भएपनि त्यो सत्य नभएको बताउनु भयो । जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताउनु भयो । अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो र्को सकिने बताउनु भयो । कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न लाग्न आह्वान गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्नसक्छौँ । हामी कोही निराश हुन जरुरी छैन । हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो । कम्तिमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो । अरु जस्तै हो भनेर जो भाष्य साम्रज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन । त्यो होइन भनेर हामी सबैले उद्घोष गर्न सक्नुपर्छ । बाँकी के गरी सम्बोधन गर्ने जनभावना भन्नेकुरा नेतृत्व तपाईं हामीलाई थाहा छ, निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ ।’

अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।