२२ मंसिर २०८२, सोमबार
,
Latest
रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा सचिवालयकाे स्पष्टीकरण : पानीको ट्यांकीलाई पैसाको भनेर अफवाह फैलाइयो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भदौ २४ गते जेनजी युवाहरुको प्रदर्शनका नाममा देउवा निवासमा आक्रमण हुँदा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ ।

देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियोहरू सार्वजनिक भएका थिए । त्यसपछि देउवाको सचिवालयले त्यसको खण्डन गरेको हो ।

सचिवालयले पार्टी र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले भ्रम फैल्याइएको भन्दै आपत्ति जनाएको छ । ‘देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ देउवाका स्वकीय सचिव भानु देउवाले जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उद्देश्यले फैलाइएका भ्रामक समाचार हुन् ।’

सामाजिक सञ्जालमा घरभित्र रहेको अन्डर ग्राउन्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरिएको उल्लेख गर्दै उक्त ट्याङ्की पानी राख्नका लागि भएको दाबी गरिएको छ ।

सभापति देउवा र कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको आक्रमणको विज्ञप्तिमा भत्र्सना गरिएको छ ।

भदौ २४ गते बूढानीलकण्ठस्थित कांग्रेस सभापति देउवाको निवासमा जेनजी आन्दोलनका नाममा युवाहरूको समूहले तोडफोड गर्दै देउवा दम्पतिमाथि कुटपिट गरेका थिए ।