२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टाइनमा रहेका ३ जना फरार



अ+ अ-

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन् । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथीसहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको कावासोती वडा न १ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए । उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएका युवकले लागुऔषध (गाँजा) सेवन गर्ने गरेको र उनीसँगैका २ जना साथीले पनि गाँजा लिने गरेकाले ३ जनालाईनै उनीहरुकै र घर परिवारको सल्लाहामा क्वारेन्टाइन राखिएको वडा अध्यक्ष पन्तले बताए ।

क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार उनीहरुले नगरप्रहरीलाई समेत छलेर भागेका थिए । फरार रहेका व्यक्तिको अहिले नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेमशंकर मर्दनियाले जानकारी दिए ।

कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने ११ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । ११ मध्ये ३ जना फरार भएपछि अहिले कावासोतीमा ८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन् । राजधानी दैनिक