५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

लोकतन्त्रको रक्षा गर्न अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह

लोकतन्त्रको रक्षा गर्न अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घको आग्रह
अ+ अ-

काठमाडौँ। अन्तरराष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) एसिया प्रशान्त क्षेत्रले लोकतन्त्र र श्रमिक अधिकारको रक्षाका लागि नेपाल सरकारलाई आग्रह गरेको छ ।

आइटियुसी एसिया प्रशान्त क्षेत्रका महासचिव शोया योशिदाले आज एक विज्ञप्ति जारी गरी नेपालमा पछिल्लो समय भएको घटनाप्रति दुःख व्यक्त गर्दै लोकतन्त्रको रक्षा र श्रमिक अधिकार स्थापनाका लागि आग्रह गर्नुभएको हो ।

आइटियुसीले ‘जेनजी’ प्रदर्शनका कारण श्रमिक अधिकार खोसिन सक्ने जोखिम बढेको भन्दै यसको रक्षाका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिइएको छ । नेपालले कामदारको अधिकार, सम्मानजनक रोजगारी र सामाजिक सुरक्षालाई केन्द्रमा राख्र्दै लोकतान्त्रिक नवीकरण र प्रणालीगत सुधार गर्नुपर्ने योशिदाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“नेपाल अहिले राजनीतिक र संवैधानिक अनिश्चितताको सामना गरिरहेका छ । वर्तमान समयमा दिगो स्थिरताका लागि लोकतान्त्रिक नवीकरण र सुधार आवश्यक छ, जसले श्रमिक जनतालाई सेवा प्रदान गर्दछ, लोकतन्त्रले नै कामदारको सुरक्षा गर्ने भएकाले लोकतन्त्रको रक्षामा सबै लाग्नुपर्छ”, महासचिव  योशिदाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा विभिन्न प्रतिष्ठान र पूर्वाधारमा भएका क्षतिका कारण आफ्नो जागिर र जीविकोपार्जन गुमाएका हजारौँ कामदारसँग ऐक्यबद्धतासमेत जनाएको छ । “यस्तो परिस्थितिमा अन्तरिम सरकारले कामदारको एजेन्डालाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ, कामदार र उनीहरूका परिवारका लागि जागिरको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ ।

आइटियुसी एसिया प्रशान्तले प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी, आइटियुसी एसिया प्रशान्तले नेपालको अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

आइटियुसी एसिया प्रशान्त क्षेत्रमा ३६ देशका ६२ ट्रेड युनियन संस्था आबद्ध रहेका नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त महासङ्घअन्तर्गत रु छ करोडभन्दा बढी सदस्य छन् ।

आइटियुसीमा नेपालबाट नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाली ट्रेड युनियनको जनरल फेडरेसन आबद्ध रहेका महासचिव राईले बताउनुभयो । रासस