१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथपत्नी रविलक्ष्मीको उपचारका क्रममा देव्रे हात गुम्यो



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका क्रममा देब्रे हातको कुहिनो भन्दा मुनीको भाग काट्नु परेको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा रविलक्ष्मी जलेकी थिइन् । गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगिएको थियो । उनको बुधबार शल्यक्रिया गर्दा देब्रे हात काटिएको हो ।

उनमा धुवाँको मुस्लो शरीरभित्र छिर्दा श्वासप्रश्वासमा समस्या रहेको थियो । तर, कफबाट क्रमशः निस्कन थालेपछि अहिले श्वासप्रश्वास नियमित भएको र खाना खाने तथा राम्रोसँग बोल्ने गर्छिन् ।

उनको दाहिने हात चल्ने अवस्थामा छ । फोक्सोको संक्रमण घटेका कारण चिकित्सकले खतरामुक्त रहेको जनाएको छ ।