१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द



अ+ अ-

भोजपुर । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ ।

संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन तथा अनुगमन समितिले यही वैशाख १५ गतेसम्म लागू हुने गरी घोडेटार बजार क्षेत्रभित्रका सम्पूर्ण पसल, होटल तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको संघका घोडेटार शाखाका कार्यवाहक अध्यक्ष भीमबहादुर प्रधानले जानकारी दिए ।

कार्यान्वयन तथा अनुगमनको जिम्मा इलाका प्रहरी कार्यालय घोडेटारलाई दिइएको संघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दैनिक उपभोग्य सामग्रीको मात्र आयात गरी स्थानीय सरकारको निर्देशन र सिफारिसअनुसार बिक्रीवितरण हुने जनाइएको छ ।