१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल



file
अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताउनुभएको छ । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताउनुभयो ।

उहाँले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । “अब हरेक स्थानीय तहले कहाँ–कति खेतबारी बाँझो छन् र त्यसलाई कसरी उर्वर बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले लकडाउनको अवधिमा रोकिएका साना विकास निर्माणका काम र कृषि उद्यमलाई सावधानीसहित र पूर्ण सुरक्षाका साथ पुनःसञ्चालन गर्न अनुरोध गर्नुभयो । पौडेलले स्थानीय प्रशासनको निर्देशन मान्ने गरी प्रत्यक्ष निगरानीमा एउटै परिवारका सदस्य मिलेर सञ्चालन भएका तथा थोरै जनशक्ति भएका आवासीय घरेलु तथा साना उद्योग त्यसैलाई क्वारेन्टाइन मानेर सञ्चालन गराउन अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताउनुभयो । कतिपय त्यस्ता नागरिक लुकेरसमेत बसेको पाइएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले खाद्य सामग्री पु¥याएर रित्तै फर्किएका गाडीमा उनीहरुलाई पठाउँदा खर्चसमेत नलाग्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउन अनुरोध गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गर्नुभएको हो । त्यस्तै मख्यमन्त्री पौडेलले आज दिउँसो १ बजे रसुवा र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग कुराकानी गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।