१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनस्थलीमा महानगर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु



अ+ अ-

काठमाडौँ । बनस्थलीमा महानगर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

बिहिबार बिहान करिब ५ः४५ को समयमा कलंकीबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले सडक पार गर्दै गरेका एक यात्रुलाई ठक्कर दिँदा यात्रुको घटनास्थलमा नै निधन भएको हो ।

मृत्यु हुनेमा संखुवासभाको खाँदबारी घर भई हाल काठमाडौं बस्दै आएका ६८ वर्षीय जसबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।