२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकता सुदृढ बनाउने जिम्मेवारी नेताका काँधमा : नेपाल



file photo
अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेताएवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकता सुदृढ, दिगो र बलियो बनाउने जिम्मेवारी नेताका काँधमा आएको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टीको ७१औं स्थापना दिवसको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका बेला पार्टी–सरकार दुबैलाई ‘अविश्वास र आशंका बढाउने काम नगर्न’समेत अपिल गरेका छन् । विषम परिस्थितिमा सरकार र पार्टीले मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नहुने सुझाव पनि उनले दिएका छन् । ‘माहामारीले विश्वसहित नेपाललाई आक्रान्त पारेको बेला सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले सिंगो राष्ट्र‚ पार्टीसहित र अन्य पार्टीका नेता–कार्यकर्ता जनताको ध्यान संक्रमणविरुद्ध लड्नमा केन्द्रीत छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीलाई आघात पुग्ने काम कसैले गर्न नहुने बताउँदै उनले विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड र नेपाल सरकारले गरेका निर्णय पालना गर्नसमेत आग्रह गरेका छन् । चुनौतिपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील भई सबै नेता–कार्यकर्ता एकताबद्ध भई सहकार्य गर्दै जनताको समर्थन लिएर अघि बढ्न नेपालले सुझाएका छन् । विकसित कतिपय घटनाक्रमले पार्टीलाई अनेकौं आशंकासँगै चिन्ता बढाएको भन्दै उनले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रूपमा एकताबद्ध भई अघि बढनुपर्ने बताएका छन् ।

पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वाससाथ अघि बढाउन सहयोग गर्ने बताउँदै उनले व्यक्तिगत संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह तथा पूर्वाग्रहबाट टाढा रहेर एकता मर्म, भावना र उद्देश्य दह्रोसँग पक्रिएर अघि बढ्न आग्रह गरेका छन् । कम्युनिस्ट आन्दोलनका विगतमा टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै दुई वर्षअघि गरेको पार्टी एकता अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी भएको उनले उल्लेख गरेका छन् । राजधानी दैनिक