२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो News Polar कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम News Polar बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ News Polar बाढी गएको एक वर्ष बित्यो, बाजुराका २१० परिवार अझै विस्थापित News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

कोरोनाभाइरस माहामारी : सेप्टेम्बरपछि भारतमा दैनिक उच्च केसहरू

कोरोनाभाइरस माहामारी : सेप्टेम्बरपछि भारतमा दैनिक उच्च केसहरू
अ अ+ अ-

कोरोनाभाइरसको अत्यधिक प्रसारणयोग्य ओमिक्रोन संस्करण भारतमा द्रुतरूपमा फैलिरहेको छ र त्यहाँ दैनिक सङ्क्रमणले नयाँ रेकर्डहरू कायम गर्दैछ।

यसैबीच अस्ट्रेलियाका अस्पतालहरुमा कोरोना बिरामीको प्रवेश बढेकाले त्यहाँ मङ्गलबार कोभिड–१९ को मामिला ताजा महामारीका रुपमा उच्चस्तरमा पुगेको छ । 

चीन र फिलिपिन्सलगायतका देशहरूले फैलावटलाई कम गर्न प्रतिबन्धहरू कडा बनाएका छन्।

विगत दुई वर्षमा विश्वभर करिब ३० करोड मानिसले कोभिड–१९ का लागि सकारात्मक परीक्षण गरेका छन् र ५० लाखभन्दा बढीको मृत्यु भएको रिपोर्ट गरिएको छ।

भारत : सेप्टेम्बरपछि उच्च दैनिक केसहरू

भारतले सेप्टेम्बरको सुरुदेखि गत २४ घण्टामा सबैभन्दा धेरै कोभिड–१९ सङ्क्रमण रिपोर्ट गरेको छ । भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४९ लाख पुगेको छ।

राजधानी नयाँदिल्ली जस्ता ठाउँमा ओमिक्रोनले डेल्टालाई पछाडि पार्दा मृत्यु हुनेको सङ्ख्या १२४ ले बढेर कुल चार लाख ८२ हजार १७ पुगेको छ।

भर्खरै सङ्क्रमित हुनेमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि थिए । उनले सोमबार चुनावी र्‍यालीमा मास्क नलगाई बोलेका थिए। केजरीवालले आफू घरमा क्वारेन्टाइनमा रहेको र हालका दिनमा उनीसँग सम्पर्कमा आएकालाई कोभिड–१९ को परीक्षण गर्न आग्रह गर्दै ट्विट गरेका छन् ।

बेलायतका बिरामीमा कम गम्भीर लक्षण

बेलायतमा कोभिड–१९ सङ्क्रमणले अस्पतालमा भर्ना भएका मानिसमा पहिलेको तुलनामा व्यापकरूपमा कम गम्भीर लक्षणहरू देखिएको त्यहाँका खोप मन्त्रीले बताएका छन् ।

“यदि अहिले तपाईंले अस्पतालमा भर्ना भएका मानिसहरूलाई हेर्नुभयो भने तिनीहरू पहिलेको तुलनामा कम गम्भीर अवस्था देखिएको छ”, खोप तथा जनस्वास्थ्यमन्त्री म्यागी थ्रोपले भन्नुभयो, “अस्पतालको शय्या रहेका सङ्ख्या एक वर्षअघिको तुलनामा आधा हो  र यसले खोपको शक्ति देखाएको छ ।”

बेलायतमा कोरोनाभाइरसका केसहरू २८ डिसेम्बर र ३ जनवरीको हप्तामा अघिल्लो हप्ताको तुलनामा ५० प्रतिशतले बढेको छ।

फ्रान्सद्वारा खोप पास बिल समीक्षा निलम्बन 

फ्रान्सको संसद्को तल्लो सदनले मानिसहरूलाई रेस्टुरेन्ट वा सिनेमामा जान वा ट्रेन लिनका लागि कोभिड–१९ खोपको प्रमाण देखाउन अनिवार्य बनाउने विधेयकमाथिको बहस स्थगित गरेको छ।

खोप लगाउनुको सट्टा नेगेटिभ परीक्षण नतिजा देखाउने विकल्प हटाउने नयाँ कानूनको तनावपूर्ण छलफल सोमबार मध्यरातपछि अधिकांश सांसदहरूले सत्र स्थगित गर्ने पक्षमा मतदान गरेपछि रोकिएको थियो।

नियमहरूको प्रस्तावित कडाईले खोप विरोधी कार्यकर्ताहरूलाई आक्रोशित बनाएको छ र केही सांसदहरूले उनीहरू तोडफोड र हिंसात्मक धम्कीसहित आक्रामकताको अधीनमा रहेको बताएका छन्।

चीनद्वारा १२ लाख जनसङ्ख्याको सहर बन्द

मध्य चीनको एक सहरमा तीनवटा एसिम्प्टोमेटिक कोरोना भाइरसका केसहरू रेकर्ड भएपछि १० लाखभन्दा बढी मानिसलाई उनीहरूको घरमा सीमित गरिएको छ । 

हेनान प्रान्तको करिब ११ लाख ७० हजार जनसङ्ख्या भएको सहर युझाउले सोमबार रातिदेखि सबै नागरिकलाई भाइरसको फैलावट नियन्त्रण गर्न घरमै बस्न आवश्यक रहेको घोषणा गरेको छ।

झण्डै दुई हप्तादेखि तालाबन्दीमा रहेको एक करोड ३० लाख जनसङ्ख्या भएको सहर सियानमा मङ्गलबार ९५ वटा नयाँ घटना दर्ता भएको छ ।

फिलिपिन्सद्वारा राजधानीबाहिर प्रतिबन्ध फराकिलो 

फिलिपिन्समा बुधबार राजधानी मनिला नजिकै बस्ने ११ लाखभन्दा बढी मानिसका लागि कोरोना भाइरस प्रतिबन्धलाई विस्तार गरेको त्यहाँको सरकारले जनाएको छ । 

कोभिड–१९ मामिलाको तीव्र वृद्धिका कारण मनिला वरपरका बुलाकान, क्याभिट र रिजल प्रान्तलाई तेस्रो उच्च सतर्कताअन्तर्गत राखिएको राष्ट्रपतिका प्रवक्ता कार्लो नोग्रालेसले मङ्गलबार बताए ।

अस्ट्रेलिया : कोभिड–१९ मामिला बढ्दै, अस्पताल भर्ना बढ्दै

अष्ट्रेलियाका अधिकारीहरूले दैनिक ४७ हजार ७९९ सङ्क्रमणको नयाँ रेकर्ड रिपोर्ट गरेका छन् । यो सङ्ख्या सोमबार ३७ हजार २१२ भन्दा उच्च भयो ।

न्यु साउथ वेल्स राज्य, सिड्नीका घर तथा अस्पताल भर्नाको सङ्ख्या बढेर एक हजार ३४४ पुगेको छ, जुन नयाँ महामारीको उच्चस्तर हो । डेल्टा लहरको समयमा सेप्टेम्बरमा पुगेको यो सङ्ख्या एक हजार २६६ थियो । स्वास्थ्य प्रणालीलाई तनावमा पार्दै एक हप्तामा सङ्ख्या दोब्बरभन्दा बढि भएको छ ।

न्यू साउथ वेल्सका अधिकारीहरूले डिसेम्बर १६ देखि राज्यको आईसीयुहरूमा ७४ प्रतिशत बिरामी डेल्टा भेरियन्टबाट सङ्क्रमित भएको बताएका छन्।