११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन लम्बिए पनि खाद्यान्य ‘पुग्दो अवस्थामा’



सर्वाेच्च अदालत
अ+ अ-

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोरोना भाइरसका कारण लकडानको अवधि लम्बिएमा पनि नेपालमा खाद्य संकट नहुने सर्वोच्च अदालतलाई जानकारी गराएको छ । सो कार्यालयले सर्वोच्चमा एक प्रतिवेदन पेस गर्दै खाद्य सुरक्षाका लागि तीनै तहका सरकार नियमितरूपमा सजगताका साथ काम गरिरहेको उल्लेख गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा हाल २१ हजार ८ सय ८५ मेट्रिक टन चामल, साल्ट ट्रेडिङ कर्पोरेसनसँग १ लाख ५७ हजार ९ सय ६५ मेट्रिक टन नुुन मौज्दात रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । निजी क्षेत्रका व्यापारीहरूसँग १ लाख २ हजार ५ सय ७० मेट्रिक टन चामल रहेको र कृषक तथा उद्योगहरूसँग धान मौज्दात रहेका कारण नेपालमा खाद्य संकट नहुने प्रधानमन्त्रीको कार्यालयले सर्वोच्चसँग प्रतिवद्धता जनाएको छ ।

लकडाउन शुरू भएयता ५७ हजार ४ सय १२ मेट्रिक टन खाद्यान्न, १७ हजार ५ सय ३० मेट्रिक टन दलहन, ३१ हजार ३ सय मेट्रिक टन तरकारी, ७ हजार ४ सय ८३ मेट्रिक टन फलफूल, १ सय ३३ मेट्रिक टन दुग्धजन्य वस्तु वितरण गरिएको प्रतिवेदनमा जनाइएको छ । यसै गरी प्रतिवेदनमा १३ करोड ५ लाख ५४ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ र ७५ करोड १२ लाख ३० हजार रुपियाँको औषधि आयात गरिएको उल्लेख छ । निजी सञ्चारमाध्यमलाई दिइने समानुपातिक विज्ञापनका बारेमा पनि आवश्यक काम–कारबाही भइरहेको सर्वोच्चलाई जानकारी गराइएको छ । कोरोना भाइरसका बारेमा सचेतना अपनाउनका लागि विभिन्न भाषामा तयार भएका जिंगल तथा सूचनाहरू सञ्चारमाध्यमलाई वितरण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्रीको कार्यालयले कोरोना भाइरस ९कोभिड–१९० सँगको लडाइँलाई प्रभावकारी बनाउन माध्यामिक शिक्षालाई डिजिट प्रणालीमा लाने तयारी भएको पनि सर्वोच्चलाई जानकारी गराएको छ । कक्षा नौ र दशका लागि नेपाल टेलिभिजनको एनटिभी प्लसबाट साताको ६ दिन शिक्षण विधि शुरू गरिएको उल्लेख गरेको छ । कक्षा ६ देखि ८ सम्म अनलाइन शिक्षा लागू गर्न पाठ्यक्रम विकास केन्द्रको वेभसाइट प्रयोग गर्न लागिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीद्वारा दायर गरिएको रिट निवेदनको सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयले प्रतिवेदन पेस गर्दै कोरोना भाइरसका कारण अझै पनि नियमित पठनपाठन अवरुद्ध भएमा विभिन्न सञ्चारमाध्यमको उपयोग गरी वैकल्पिक शिक्षा र सिकाइको थप प्रबन्ध गर्ने जानकारी गराएको छ ।

त्यसका लागि मानव स्रोत विकास केन्द्रमार्फत नयाँ सिकाइ सामग्री विकासका लागि कार्यटोली गठन भई त्यसबाट कार्य प्रारम्भ भइसकेको प्रतिवेदनमा जनाइएको छ । साथै प्रतिवेदनमा गैरसरकारी तथा निजी क्षेत्रको सहकार्य र संलग्नतामा वैकल्पिक शिक्षा सेवाका लागि प्रयास भइरहेको सर्वोच्चलाई जानकारी गराइएको छ । नेपाल समाचारपत्र दैनिक