२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू धन्यवाद, पार्टी फुटाउँछु भन्नुभएको थियो, हामी जुट्यौं : भण्डारी



अ+ अ-

काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

बिहीबार बिहान कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा दल दर्ता गर्न पुगेका भण्डारीले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले पार्टी फुटाउने भनेर अध्यादेश ल्याएकोमा आफूहरू जुटेको बताए।

‘उहाँले पार्टी फुटाउन अध्यादेश ल्याउनुभएको थियो। हामी जुट्यौं,’ भण्डारीले भने,‘धन्यवाद प्रधानमन्त्रीज्यू।’

तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर बनेको जनता समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता भइसकेको छ।