१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामीले पार्टी फुटाउदैनौ, पार्टी फुटे सबैभन्दा पहिला नेकपा फुट्छ : पूर्वमन्त्री राई



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् । समाजवादी पार्टीका नेता तथा सांसद राईले पार्टीभित्र असन्तुष्टि भएको सत्य भएको तर पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत नभएको बताएका हुन् ।

पूर्वमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन आफूहरूले कुनै आश्वासन नदिएको भन्दै पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउने बताएका हुन् ।

राईले गत पुस पहिलो साता शहरी विकास मन्त्रीबाट राजीनामा दिएका थिए । उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउने गरेका छन् ।

आफ्नो पार्टीमा असन्तुष्टि रहेको भने राईले स्वीकारे । उनी भन्छन्, ‘पार्टीभित्र असन्तुष्टि भएको सत्य हो । यही कारणले पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउला ।’

यसअघि राईलगायतका नेताहरुले समाजवादी पार्टी फुटाउन लागेको चर्चा चलेको थियो ।

समाजवादी र राजपाबीच बुधबार एकता भएको थियो । दुवै दलका शीर्ष नेताहरु एकताको सहमति पत्र तयार पार्न बैठक बसिरहेको बेला असन्तुष्ट पक्षका नेताहरुले पनि पार्टी फुटाउने तयारी गरेको समाचार सार्वजनिक भएका थिए ।

समाजवादी र राजपाबीच एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ नाम राखिएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले बिहीबार बिहान निर्वाचन आयोगमा गएर दल दर्ताको निवेदन दर्ता गराइसकेका छन् ।