३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवसायी महासङ्घको आग्रह



अ+ अ-

काठमाडौँ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ‘जेनजी पुस्ता’ को आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामान र हतियार सार्वजनिक सवारीसाधनमा ओसारपसार हुनसक्ने भन्दै ध्यान दिन आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका बहुमूल्य सामग्री र हतियार सार्वजनिक सवाकरीसाधनमा लैजान सक्ने अवस्था सृजना भएकाले त्यस्ता सामग्री कहीँ कसैले लगेको थाहा पाएमा नजिकको सुरक्षा निकायमा जानकारी गराउन सम्पूर्ण यातायात व्यवसायी तथा मजदुरलाई आग्रह गर्नुभएको हो ।

“जेनजी पुस्ताका युवा पुस्ताले आफ्ना माग पूरा गर्न आयोजना गरेको प्रदर्शनमा केही अराजक समूहको घूसपैठका कारण नेपाल प्रहरीका हातहतियार लुटपाट, व्यापारिक भवनबाट बहुमूल्य सामान लुटपाट गरी लगेको हुँदा त्यस्ता सामान सार्वजनिक सवारीसाधनमा लैजान सक्ने अवस्था सृजना भएकाले ध्यान दिनुपर्छ,” महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले जेनजी पुस्ताको आन्दोलनमा नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा क्षति पुगेको भन्दै क्षति पु¥याउने व्यक्तिलाई कानुनी कारबाहीमा ल्याउनुका साथै क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने जनाएको छ ।

महासचिव गौतमले आजदेखि देशभरि सार्वजनिक सवारीसाधन कपूर्ववत् रुपमा सञ्चालन भएको समेत विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।रासस