१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको जनजीवन सामान्य बन्दै



अ+ अ-

रामेछाप। ‘जेनजी’को आन्दोलनपछि अशान्त बनेको यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

स्थानीय प्रशासनले यही भदौ २५ गतेदेखि जारी कर्फ्यू र निषेधाज्ञा हटाएसँगै आजदेखि यहाँको जनजीवन सामान्य बन्दै गएको हो ।

पुरानो सदरमुकाम रामेछाप बजारमा भएको जिल्ला कारागार शाखा परिसर भने दङ्गाग्रस्त क्षेत्र कायमै छ । बिहीबार बिहान कैदीले भित्रै आगजनी गरी भाग्न खोज्दा सेनाले चलाएको गोली लागि तीन कैदीको मृत्यू र १३ जना घाइते भएका थिए ।

आजदेखि मन्थली बजार पूरै खुलेको छभने लामो तथा छोटो दूरीका सवारीसाधन पनि चल्न थालेका छन् । आज प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले एक सूचना जारी गरी आजदेखि कर्फ्यू र निषेधाज्ञा हटाइएको बताउनुभएको छ ।रासस