• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध



file

रसुवा । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो ।

यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उहाँले बताउनुभयो । पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ । (रासस)