२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने जन्मदिनकै दिन कारागार फर्किने घोषणा, सरकारसँग छानबिन र सुधारका पाँच माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुनः कारागार जाने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो सरकारले आफूलाई राजनीतिक प्रतिशोधका कारण सताएको आरोप लगाउँदै, अबको सरकार न्यायकी प्रतिमूर्ति भएकाले अन्याय नहोस् भन्ने अपेक्षा राखेको उल्लेख गरेका छन् ।

लामिछानेले अघिल्लो पटक भीड नियन्त्रणका कारण आफूलाई जेलबाट निकालिएको प्रसंग स्मरण गर्दै त्यसबारे विवादमा कर्मचारीलाई अप्ठ्यारो पार्न नचाहेको बताए । उनले सरकारसँग छानबिन र सुधारका पाँच मागसमेत अघि सारे—

२०४६ सालपछि भएका नीतिगत र उच्च पदस्थ सम्पत्तिको छानबिन

सबै निकायमा भएका राजनीतिक नियुक्ति खारेज

कर्मचारीदेखि न्यायाधीशसम्म पुनर्नियुक्ति प्रक्रिया खोल्ने

विश्वविद्यालयका नियुक्तिमा मेरिटोक्रेसी लागू

राजदूत नियुक्तिसमेत यही मापदण्डअनुसार पुनरावलोकन

आन्दोलनमा मारिएका बालबालिकाको घटनामा गोली चलाउनेदेखि सरकारी संरचना तोडफोड गर्ने सबैमाथि छानबिन हुनुपर्ने उनको भनाइ छ । पुराना दलहरूप्रति प्रतिशोध राख्नुभन्दा स्वस्थ चुनावी प्रतिस्पर्धाबाट परास्त गर्ने तयारी गर्न पनि उनले आफ्ना समर्थकलाई आग्रह गरे ।

लामिछानेले पार्टी कब्जा होइन, निर्माणमा लाग्न आग्रह गर्दै, देशको पुनर्निर्माणका लागि प्रशासनसँग सहकार्य गर्न सबैलाई अपिल गरेका छन् ।