काठमाडौँ । बुटवलको कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि उनी बर्खास्तीमा परेका हुन् ।
शुक्रवार मात्रै उनी संलग्न भएको तस्बिर सार्वजनिक भएको थियो ।
विद्यालयका प्राचार्य दिनेश थापाले जारी गरेको विज्ञप्तीमा भदौ २४ गते जेनजीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।










