२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोरोनाको खोप मानिसमा परीक्षण शुरु



अ+ अ-

काठमाडौँ । बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड १९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो । युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् । अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।
मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्।

कोरोना भाइरसविरुद्धको खोप लिँदै इलिसा ग्रानाटो तस्बिर : बीबीसी

बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।
वाटर एड यूके’ मा सिनियर वास म्यानेजरका रुपमा कार्यरत जनस्वास्थ्य विज्ञ डा। ओमप्रसाद गौतम ‘कोभिड–१९’ को पहिलो केस देखिएको करिब ४ महिनाभित्र ‘भ्याक्सिन’ परीक्षणको तहसम्म आइपुग्नुलाई ‘क्विक टर्न अराउण्ड’ का रुपमा लिन सकिने बताउँछन्। तर उनले यो ‘भ्याक्सिन’ सफल हुने नहुने अहिले भन्न नसकिने बताए।

‘भ्याक्सिनको परीक्षणमा ‘ट्रायल एण्ड इरर’ चलिरहन्छ। कहिले, कुन चरणमा पुगेर सफल हुन्छ थाहा हुँदैन’, उनले भने। गौतमका अनुसार, कुनै पनि रोगको ‘भ्याक्सिन’ तयार हुन १२ देखि १८ महिनासम्म लाग्न सक्छ। तर, अक्सफोर्ड विश्वविद्यालयले आउंदो सेप्टेम्बरसम्म ‘कोभिड–१९’ विरुद्धको भ्याक्सिन तयार गरिसक्ने बताउनु आफैमा चुनौतीपूर्ण देख्छन् उनी।

परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ। परीक्षणमा सहभागी हुनेले जनही १९० देखि ६२५ पाउण्डसम्म पाउनेछन्। तर, आवेदक स्वास्थ्य हुनुपर्नेछ। अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५५१ जनालाई भने कन्ट्रोल भ्याक्सिन दिइनेछ। (आजको कान्तिपुरमा समाचार छ)