११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पोजेटिभ भेटिएपछि जनकपुरवासी त्रसित



अ+ अ-

जनकपुरधाम । कोरोना पोजेटिभमा जनकपुरधामका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयले भनेपछि जनकपुरधामवासी त्रसित भएका छन् । लकडाउनका मामलामा पछाडि रहेको जनकपुरधामको सडकमा मानिसहरू केही समयका लागि देख्न छाडिएको थियो । कुन टोलको व्यक्ति संक्रमित भएका रहेछन् भनी सबै यही पत्ता लगाउनमा व्यस्त थिए । बाहिरवाट पनि निकै संख्यामा विभिन्न व्यक्तिको घरमा फोन आएको थियो । प्रादेशिक अस्पताल जनकपुरधामका एक स्वास्थ्यकर्मीका अनुसार पत्रकारबाहेक दर्जनौं शुभचिन्तकले टेलिफोन गरी संक्रमितबारे जानकारी लिएका थिए ।

पाँच दिनपहिले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पीसीआर टेस्टमा नेगेटिभ देखिएका १४ वर्षीय एक युवामा बिहीबार टेकुको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए । आरडीटी टेस्ट नेगेटिभ आएका बालकको पीसीआर पोजेटिभ आएको छ । सर्लाही धनकौल गाउँपालिकाका १४ वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएको हो । ती बालक भारतको दिल्लीबाट केही दिनअघि आएका थिए । जनकपुरधाम प्रादेशिक अस्पतालमा आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि उनलाई घर फर्काइएको थियो ।

ती बालकको जनकपुरधाममै उपचार गरिनेछ । घरमा अन्य व्यक्तिमा पनि संक्रमण फैलिएको हुन सक्ने खतरा बढेको स्वास्थ्यकर्मीले बताएका छन । घरकै सबैलाई आइसोलेसनमा राखी कोरोना टेस्ट गर्न स्वास्थ्यकर्मीले गरेका छन् । प्रदेश २ मा अहिलेसम्म ६०९ जना कोरोना भाइरसका शंकास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गरिएको छ, जसमध्ये चार जनाको रिपोर्ट यसअघि नै पोजेटिभ देखिसकेको छ भने ५९० जनाको रिपोर्ट नेगेटिभ आएको छ । १५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । राजधानी दैनिक