१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं कोरोना बिरामी मुक्त हुँदा सन्तोष लागेको छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ उनले डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना गरेका छन् ।

८१ वर्षीया महिला पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी हुन् । उनी र उनको ५८ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिनको उपचारपछि उनीहरु दुवै जना बिहीबार डिस्चार्ज भएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

कोरोना भाइरसको फैलावटबाट बच्नको लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भइसकेको छ । यो समयसम्म नेपालमा कूल संक्रमित ४८ जना र उपचार पछि निको भएर घर फर्किएहरू नौ जना छन् ।