२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं कोरोना बिरामी मुक्त हुँदा सन्तोष लागेको छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त हुँदा सन्तोष लागेको बताएका छन् । शुक्रबार बिहान ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ ।’ उनले डिस्चार्ज भएका सबैको सुस्वास्थ्यको कामना गरेका छन् ।

८१ वर्षीया महिला पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी हुन् । उनी र उनको ५८ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिनको उपचारपछि उनीहरु दुवै जना बिहीबार डिस्चार्ज भएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

कोरोना भाइरसको फैलावटबाट बच्नको लागि सरकारले लकडाउन आह्वान गरेको एक महिना पूरा भइसकेको छ । यो समयसम्म नेपालमा कूल संक्रमित ४८ जना र उपचार पछि निको भएर घर फर्किएहरू नौ जना छन् ।