३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो



अ+ अ-

सिरहा । जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था स्वरूप आगामी शनिबारसम्म हरेक दिन तीन घण्टाका लागि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार, नागरिकको सुरक्षा र जनजीवनलाई सहज बनाउन सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि पर्वको तयारीका लागि दिउँसो ३ बजेदेखि ६ बजेसम्म स्थानीय हाटबजार तथा पसल सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले लहान क्षेत्रमा लाग्ने साप्ताहिक हटिया र पसल यही समयमा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई आवश्यक सामग्री किनमेल गर्दा अनावश्यक भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गर्दै तुरुन्त घर फर्किन अनुरोध गरिन्छ । अन्यथा कुनै अवाञ्छित गतिविधि वा लुटपाट भएमा सुरक्षाकर्मीले आवश्यक कारबाही गर्नेछन् ।”

प्राचीन कालदेखि मिथिला क्षेत्रमा असोज कृष्णपक्ष सुरु भएसँगै जितिया पर्वको तयारी सुरु हुन्छ । विशेषगरी महिलाले सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नखाई कठोर व्रत बस्ने यो पर्वलाई पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । आगामी आइतबार जितिया पर्व मनाइँदै छ । रासस