२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको प्रधानमन्त्री कार्यालय–फोटोफिचर

नयाँ प्रधानमन्त्रीका लागि तयार गरिएको प्रधानमन्त्री कार्यालय–फोटोफिचर
अ अ+ अ-

काठमाडौं । नयाँ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का लागि अहिले सिंहदरबारमा व्यवस्थापन गर्ने तयारी थालिएको छ । गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा आगामी प्रधानमन्त्रीको कार्यलय राख्ने तयारी गरिएको हो ।

नयाँ भवनमा अहिले प्रधानमन्त्रीका लागि बस्ने कुर्सीदेखि, सचिवालय, मन्त्रिपरिषद् बैठकका लागि आवश्यक फर्निचर, सोफा कार्पेटहरू व्यवस्थापन गरिँदैछ ।

बुधबार जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलय तथा अन्य मन्त्रालयमा आगजनी गरिएको थियो । गृह मन्त्रालय रहेको भवन पनि जलेर ध्वस्त भइसकेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गृह मन्त्रालय सार्ने तयारी भइरहेको छ । शिक्षा मन्त्रालयलाई भने केशरमहलमा सार्ने तयारी गरिएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले शुक्रबार बिहानै सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयको स्थलगत अनुगमन गरेका थिए । सोहिक्रममा उनले सिंहदरबारबाटै प्रशासनिक काम गर्ने गरी तयारी गरिएको जानकारी दिए ।