२४ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव कांग्रेसलाई कान्छारामको चाबी ! मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट निस्केका सिसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन सम्बन्ध सबैसँग आग्रह गरेको छ ।

कामपा वातावरण विभागका प्रमुख सरिता राईले आज एक सूचना जारी गर्दै सिसाजन्य फोहरलाई सामान्य फोहरसँगै ल्याण्डफिल साइड पु¥याउन नमिल्ले भएकाले नमिसाउन आग्रह गर्नुभएको हो ।

फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति संस्था तथा सरकारी कार्यालयलाई सामान्य फोहरसँग सिसाजन्य वस्तु मिसाउँदा समस्या हुने भएकाले सूचनामार्फत जानकारी दिइएको वातावरण विभाग प्रमुख राईले बताउनुभयो । सिसाजन्य फोहरलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको परिसर वा कार्यलय परिसरभित्र सुरक्षित रूपमा राख्न कामपाले सबै सरोकार भएका निकायलाई आग्रह गरेको हो ।

यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा सडकबाट निस्केका फोहर व्यवस्थापनको काममा अहिले कामपा लागिरहेको प्रमुख राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक सफा गर्ने काम सकेपछि कामपाले व्यक्तिको घर तथा कार्यालय सफा गर्न सुरु गर्नेछ । यसैबीच, फोहर व्यवस्थापन गरिदिनका लागि कामपालाई विभिन्न सङ्घ संस्थाहरूले आग्रह गरिरहेका छन् ।  रासस