२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले खारेज गरिन् दुई अध्यादेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् । शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी हुन् ।

उनले संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरेकी हुन् । गत सोमबार राष्ट्रपतिले सोही अध्यादेश सरकारको सिफारिसमा प्रमाणीकरण गरेकी थिइन् ।

तर चौतर्फी विरोधपछि शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।