२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान भाटभटेनीभित्र ३ जनाको शव भेटियो



अ+ अ-

काठमाडौँ । धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषमा तीन जनाको जलेको शव फेला परेको छ ।

जेनजी आन्दोलनका क्रममा अराजक समूहले लगाएको आगो निभेपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मी टोलीले भित्र पसेर शव फेला पारेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । मंगलबार रातिदेखि भित्र कम्तीमा तीन जना फसेको आशंका गरिएको थियो ।