२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट एकै दिनमा ६ हजार बढीले ज्यान गुमाए, कुन देशमा कतिको मृत्यु ?



अ+ अ-

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा १ लाख ४ हजार २ सय २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै संक्रमितको संख्या २७ लाख ९० हजार ९ सय ८६ पुगेको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जनाले ज्यान गुमाएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख ९५ हजार ९ सय २० जना पुगेका छन् ।

अमेरिकामा शुक्रबार मात्रै ३७ हजार ३ सय ७० संक्रमित भेटिएका छन् भने १ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ९० हजार ५ सय २४ पुगेको छ भने मृतकको संख्या ५१ हजार १७ पुगेको छ ।

यस्तै स्पेनमा पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ६७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख १९ हजार ७ सय ६४ पुगेको छ भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ३ हजार २१ जना संक्रमित थपिएका छन् भने ४ सय २० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुगेको छ भने मृतकको संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जना संक्रमित भएका छन् भने २२ हजार २ सय ७८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै फ्रान्समा १ हजार ६ सय ४५ जना नयाँ संक्रमित थपिदा ३ सय ८९ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा संक्रमितको संख्या १ लाख ५४ हजार ५ सय ४५ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ७ सय २३ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७९ मा कोरोना पुष्टि भएको छ भने १ सय ८५ जनाको मृत्यु भएको छ ।

यस्तै बेलायतमा १ लाख ४४ हजार ६ सय ३५ जना संक्रमित हुँदा १९ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै बेलायतमा ५ हजार ३ सय ८६ जना नयाँ संक्रमित थपिदा ७ सय ६८ जनाको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख ४ हजार ९ सय १२ पुगेको छ भने २ हजार ६ सयले ज्यान गुमाएका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने मृतकको संख्या ७ सय ८० पुगेको छ ।

नेपालमा भने शुक्रबार थप एक जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।