२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय तहको वार्षिक परीक्षाको नतिजा एक साताभित्र आउने



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण बढ्ने खतराका कारण विद्यालय तहको वार्षिक परीक्षा सकेर घरमै एक महिनाभन्दा बढी बन्दाबन्दीमा परेका कतिपय विद्यालयका विद्यार्थीले आगामी साता नतिजा हाल पार्ने भएका छन् । विद्युतीय माध्यमबाट पठनपाठन अगाडि बढाउनका लागि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आगामी सातासम्म दिने गरी तयारी गरिएको छ । कतिपय विद्यालय भने नतिजा प्रकाश गरी विद्युतीय माध्यमबाट नयाँ शैक्षिक आरम्भ गरिसकेका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रले स्वास्थ्य र सुरक्षालाई दृष्टिगत गरी विद्यालयले विद्यार्थीको नतिजा प्रकाशन गर्न जनाएको छ । निजी विद्यालयहरूले पनि आगामी वैशाख १९ गतेसम्म सबै विद्यार्थीको नतिजा प्रकाशन गर्ने निर्णयमा पुगेका छन् ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणका कारण वार्षिक परीक्षा छिटो सक्न निर्देशन दिएपछि विद्यालयहरुले गत चैत ५ गते कक्षा ९ सम्मको वार्षिक परीक्षा सकेका थिए । तर परीक्षा दिएका ती विद्यार्थीको नतिजा भने प्रकाशन हुन सकेको छैन । तर अव भने विद्युतीय या अन्य माध्यमको प्रयोग भए पनि विद्यार्थीको नतिजा दिइने भएको हो ।

केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले विद्यार्थीको सिकाइ उपलब्धि शिक्षकले प्रमाणित गर्ने र विद्यालयले प्रकाशित गर्न सक्ने चर्चा गर्दै अब विद्यालयहरूले अनुकूलता अनुसार नतिजा प्रकाशन सुरु गर्ने बताउनुभयो । प्रविधिका हिसावले सक्षम विद्यालयलहरूले भने नतिजा प्रकाशनका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइसकेको समेत पाइएको छ ।

केन्द्रका महानिर्देशक थपलियाले विद्यालयले विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर नतिजा प्रकाशन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयमा परीक्षा दिएका धेरै बालबालिका हाल विद्यालयको सम्पर्क भन्दा बाहिर हुन सक्ने भन्दै केन्द्रले त्यस्ता विद्यार्थीको खोजीमा समेत विद्यालय लाग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीका पुरीले चैत ५ गतेसम्म परीक्षा लिएका कक्षा ९ सम्मका विद्यार्थीको नतिजा वैशाख १९ सम्म सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिनुभयो । विद्यार्थी तथा अभिभावकले विद्यालयमा आएर नतिजा प्रकाशनका बारेमा जानकारी लिन सक्ने अवस्था नभएकोले अनलाइन या अन्य माध्यमको प्रयोग गरेर नतिजाका बारेमा जानकारी दिइने उहाँको भनाइ छ ।

विद्यार्थीको नयाँ कक्षा सञ्चालनका लागि पनि नतिजा प्रकाशन गर्नुपर्ने जरुरी भएको अब यसमा विलम्व गर्न नहुने उहाँको भनाइ छ । जारी बन्दाबन्दी खोल्न तथा जनजीवन सामान्य हुन समय लिने तथा विद्यालयमा बालबालिका आएर नियमित कक्षा सञ्चालन गर्न अझै समय लिने आकलन गरिएकोले नयाँ तरिकाबाट अघि बढ्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । यसका लागि प्रविधिमा विद्यार्थीको पहुँचका बारेमा अध्ययन गरी छिट्टै विद्युतीय माध्यमबाट पढाउने गृहकार्य भइरहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।