३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

खरानी भएको देशलाई कसरी उठाउने ?

खरानी भएको देशलाई कसरी उठाउने ?
अ+ अ-

देश संचालनको जिम्मा पाएकाहरूको घमण्ड, नाताबाद, कृपाबाद, पार्टीबाद र चरम भ्रष्टाचारकै कारण मुलुक डुब्दै गयो । अन्तत: युवा पुस्ताको आक्रोशको आगोमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक निकायसम्म खरानी बने । २०७२ सालको संविधानले निर्माण गरेको संरचना पनि बालुवाको घरझैँ ढल्यो । व्यक्तिगत सम्पत्ति नष्ट भए, र मुलुक राज्यविहीन अवस्थामा पुगेको छ ।

राज्यका अन्य अंग असफल भई सकेको स्थितिमा सेना समयमा सक्रिय भई कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका सम्बद्ध अंगहरु ध्वस्त हुनबाट जोगाउनु पर्दथ्यो, यसमा भिन्न ब्यक्तिको भिन्न धारणा हुन सक्दछ् ।

यसैबीच सेना देशको “डिफ्याक्टो सरकार” बन्न पुगेको छ। फेरी नेपाली सेनाको मुख्यालयले आफु नया सरकार निर्माण गर्न गराउन सक्ने संस्था थिएन भने उसले जेनजीलाई वार्तागर्न शितलनिवास जाउ, हामी शन्ति सुरक्षा विषयमा मात्र हेर्दछौ भन्न सक्नु पर्दथ्यो ।

सरकार बनाउने कुरा गर्न आउ भने पछि सेनाले निश्चित समय दिएर कस्ले सरकार बनाउने हो त्यस ब्यक्तिको नाउँ देउ होइन भने हामीनै सरकार प्रमुख तोकिदिन्छौ भन्न सकेको भए मुलुक यसरी लामो समयसम्म सरकार विहिन अवस्थामा हुने थिएन् । यसो नगरिदिनाले मुलुक झनै तरल अवस्थामा पुगेको छ ।

यसैबीच २०७२ सालको संविधानअनुसार सरकार गठन हुनुपर्छ भन्ने माग उठेको छ, तर अर्कोतर्फ संसद् खारेज गरी गैरसांसदलाई प्रधानमन्त्री बनाउन जेनजीको प्रस्ताव आएको सुनिन्छ । मेरो विचारमा यस्तो माग संविधानसँग मेल खाँदैन । साथै २०७२ को संविधानले वर्तमान समस्याको समाधान दिन सक्दैन भने, केवल त्यसैमा अडिग रहिराख्नु आवश्यक छैन ।

२०४७ र २०६३ मा अन्तरिम संविधानमार्फत् राज्य सञ्चालनको अनुभवहरू पनि छन । अत् खरानी भएको मुलुकलाई फेरी खडागर्न चाँडै नया सरकार बन्नु पर्दछ । यसको लागि वर्तमान सविंधानका प्रावधानले मिल्छ मिल्दैन भन्ने बादबिबादमा फस्नु भन्दा नेपाली सेनाले सरकार बनाउने विषयमा छलफल चलाई सकेपछि उसले नै छिटो भन्दा छिटो जेनजीलाई तिमिहरु मिल्दैनो भने हामी सरकारको नेतृत्व कस्ले गर्ने भन्ने तोकेर सपथ गराउँदछौ भनेर भन्न सक्नु पर्दछ ।

यताउती गरेर समय वर्वाद गर्नु हुन्न् । सरकार गठनमा जति ढिला हुन्छ, त्यतीनै अनेका शक्ति सलबलाउन थाल्दछन् । जेनजी अभियानमा लागेर ज्यान त्यागेकाको प्राण माथी फेरी तिनै नाताबाद, कृपाबाद, पार्टीबाद चलाउनेले जुत्ता लगाएर फुर्तिसाथ मार्च गर्ने छन् । यस्ता मार्चगर्न चाहनेहरुमा सत्ताको दुरुपयोग गरेर देश खरानी बनाउन सहायक भएकोमा कुनै पश्चातापको भावना देखिएको छैन ।

स्मरण रहोस तत्कालिन संविधानले कामगर्न नसक्ने भएपछि २०४७ र २०६३ मा अन्तरिम संविधान मार्फत राज्य संचालन गरेको उदाहरण हाम्रै छ । अत्: २०७२ को संविधानले जेनजीका माग सम्बोधन गर्न सक्दैन भने यसलाई पछ्याई राख्नु आवश्यक छैन्।साथै मेरो बिचारमा जेनजी सत्ता ढाल्न उद्यत हुने तर राज्य संचालनगर्ने जिम्मेवारी लिनबाट भने भाग्न मिल्दैन् ।

अत्: आगामी सरकार जेनजीको नेतृत्वमा बन्नु पर्दछ र उसले जसलाई विश्वास गर्दछ तिनले नया सरकारलाई राज्य संचालनमा सहायता पुर्याउनु पर्दछ । अन्त्य अन्तरिम सरकार अन्तरिम हुनु पर्दछ । निश्चित अवधि भित्र उसले भएकै संविधानमा फेर बदल गर्ने वा नया बनाउने भन्ने बारेको निक्र्यौल जन आवाज बुझेर गर्नु पर्दछ, तर जे होस नेपालको आगामी ब्यवस्था राजनीतिक दलको उपस्थिति रहेको उदार प्रजातान्त्रिक प्रणाली नै हुनुपर्दछ । साथै कुनै पनि शक्ति, क्षेत्र र जात जाती, धर्मलाई निषेध नगर्ने एव संरचनात्मक रुपमा बोझिलो समेत हुनु हुन्न् ।