२४ असार २०८३, बुधबार
,
Latest
सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरमा कर्फ्यु खुकुलो पारिँदै



अ+ अ-

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ । प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिनुभयो ।

“भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन ।

पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभएपनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ ।