३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा



अ+ अ-

तनहुँ। जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त  जानकारी दिनुभयो । कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर  सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ ।

प्रनाउ थापाले भन्नुभयो, “केहीका परिवारसँग समन्वय गरिरहेका छौं । केही आफैँ पनि सम्पर्कमा आएका छन् भने केही गन्तव्यतर्फ गइरहेको अवस्थामा सवारीसाधनमा खोजी गरिरहेका छौँ, विषम परिस्थिितमा सचेतता अपनाउदै दैनिकीलाई सहजता बनाउन आग्रह गरिरहेका पनि छौं ।” कारागार मर्मत भइरहेकोले आज बेलुकीसम्म नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा सार्ने उहाँले बताउनुभयो ।

कारागार निमित्त प्रमुख पुष्प राउतले कारागारमा आफैँ सम्पर्कमा आएका कैदीबन्दीलाई पनि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिनुभयो । “आवश्यक सम्पर्कका लागि परिवार र आफन्तले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्नेछन् । हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयासमा लागिपरेका छौं”, उहाँले भन्नुभयो ।

राउतका अनुसार फरार कैदीबन्दीमध्ये २० जना महिला र बाँकी पुरुष छन् । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् । रासस