२४ असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी… वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा



अ+ अ-

तनहुँ। जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त  जानकारी दिनुभयो । कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर  सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ ।

प्रनाउ थापाले भन्नुभयो, “केहीका परिवारसँग समन्वय गरिरहेका छौं । केही आफैँ पनि सम्पर्कमा आएका छन् भने केही गन्तव्यतर्फ गइरहेको अवस्थामा सवारीसाधनमा खोजी गरिरहेका छौँ, विषम परिस्थिितमा सचेतता अपनाउदै दैनिकीलाई सहजता बनाउन आग्रह गरिरहेका पनि छौं ।” कारागार मर्मत भइरहेकोले आज बेलुकीसम्म नियन्त्रणमा लिइएका कैदीबन्दीलाई कारागारमा सार्ने उहाँले बताउनुभयो ।

कारागार निमित्त प्रमुख पुष्प राउतले कारागारमा आफैँ सम्पर्कमा आएका कैदीबन्दीलाई पनि प्रहरी कार्यालयमा पठाइएको जानकारी दिनुभयो । “आवश्यक सम्पर्कका लागि परिवार र आफन्तले सिधा कारागार प्रशासनसँग सम्पर्क गर्न सक्नेछन् । हामी फरार भएका कैदीबन्दीको अवस्था बुझेर सुरक्षित फिर्ता सुनिश्चित गर्ने प्रयासमा लागिपरेका छौं”, उहाँले भन्नुभयो ।

राउतका अनुसार फरार कैदीबन्दीमध्ये २० जना महिला र बाँकी पुरुष छन् । मङ्गलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो । त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन् । रासस