१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाको सन्देशः संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठन जेन–जी पुस्ताको भावनाअनुसार र संविधानको मर्यादामा गर्न आग्रह गरेका छन् ।

हालको राजनीतिक घटनाक्रमबीच नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेको अवस्थामा उनले यस्तो आग्रह गरेका हुन् ।

बिहीबार फेसबुकमार्फत १५ मिनेटको भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको अपेक्षा प्रतिबिम्बित गर्ने सरकार आवश्यक रहेको उल्लेख गरे ।

महामन्त्री थापाले जेन–जी पुस्तालाई नयाँ सरकार गठन भने संविधानमा टेकेर गर्नसमेत आग्रह गरेका छन् ।

संविधानले दिएको अधिकार कटौती गरेर अघि बढ्दा भोलि सम्हाल्न गाह्रो हुने चेतावनी दिँदै उनले सन्तुलन र संवैधानिक व्यवस्था सम्मान गर्न नेतृत्वलाई सुझाव पनि दिएका छन् ।