२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच सय शिक्षालयमा क्वारेन्टाइन –आवश्यक परे सबै विद्यालय प्रयोग गर्छौंः शिक्षामन्त्री



अ+ अ-

सरकारले देशभरका २ सय ४३ सामुदायिक विद्यालय र करिब २ सय ५० क्याम्पसमा क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरस संक्रमित भएका र विदेशबाट आएकालाई राख्न विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने निर्णयलगत्तै क्याम्पस तथा विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ठँला विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने जनाएपछि तत्कालका लागि करिब ५ सय शिक्षालयमा क्वारेन्टाइन निर्माण भएको जानकारी दिए। मन्त्री पोखरेलले क्वारेन्टाइन निर्माण भएका विद्यालय र क्याम्पसमा तत्काल पठनपाठन सञ्चालन गर्न नसकिने जानकारी दिए ।

उनले भने– ‘अवस्था हेरेर देशैभरका विद्यालय र क्याम्पसमा क्वारेन्टाइन निर्माण गर्ने योजनामा छौं, त्यसैले ती विद्यालय र क्याम्पसमा तत्काल पढाइ हुने अवस्था छैन ।’ हाल सबैभन्दा घेरै सुदँरपश्चिम, प्रदेश–५ र २ का ठँला विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएको छ । हाल क्वारेन्टाइन निर्माण भएका अधिकांश क्याम्पस त्रिविका आंगिक र सम्बन्धन हुन् । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले आवश्यकताको आधारमा सबै आंगिक क्याम्पसलाई क्वारेन्टाइन बनाउन दिने घोषणा गरेका थिए । उपकुलपति प्राडा बास्कोटाले अहिले डडेल्धुरा, नेपालगन्ज, दाङ, पाल्पा, गुल्मी, बुटवललगायत जिल्लाका ठँला आंगिक क्याम्पसमा क्वारेन्टाइन स्थापना भइसकेको र केहीमा निर्माण हुन बाँकी रहेको बताए ।

उनले भने – ‘संक्रमितको संख्या बढ्दै गए सबै क्याम्पसलाई क्वारेन्टाइन निर्माण गर्न दिनेछौं ।’ उनले कीर्तिपुर नगरपालिकाले त्रिविको बेसिक साइन्स क्याम्पसलाई करिब ५० बेडको क्वारेन्टाइन निर्माण भइसकेको जानकारी दिए । सरकारले प्रयोगमा ल्याएका क्वारेन्टाइनमध्ये अधिकांश त्रिविको सम्बन्धन क्याम्पस रहेका छन् । मन्त्री पोखरेलले त्रिवि मात्रै नभई हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालयअन्तर्गतका क्याम्पसलाई क्वारेन्टाइन बनाउन सकिने जानकारी दिए । उनले भने– ‘अहिले त्रिविअन्तर्गतका क्याम्पसलाई प्रयोगमा ल्याएका छौं, आवश्यक भए सबै विश्वविद्यालयका क्याम्पस प्रयोग गर्नेछौं ।’

मन्त्री पोखरेलले भनेजस्तो त्रिविअन्तर्गतका क्याम्पसहरू मात्रै क्वारेन्टाइन बनाइएको छैन, केही प्रदेशमा अन्य विश्वविद्यालयका क्याम्पसलाई समेत क्यारेन्टाइन बनाइएको छ । उता निजी विद्यालयका संस्था प्याब्सन, एनप्याब्सन र हिसानले क्वारेन्टाइन बनाउन आफ्ना विद्यालय उपलब्ध गराउने भने पनि हालसम्म कुनै विद्यालयले आफ्नो भवन उपलब्ध गराएका छैनन् । भयावह अवस्था नआइसकेका कारण सरकारले आफ्ना विद्यालय भवन प्रयोगमा ल्याउने विषयमा हालसम्म छलफल नभएको प्याब्सनका अध्यक्ष टीकाराम पुरीको भनाइ छ ।

हिसानले आफ्नोअन्तर्गतका विद्यालयका करिब ५ हजार कोठा क्वारेन्टाइन निर्माण गर्न दिने उल्लेख गरेको थियो । तर, हालसम्म एउटा पनि भवन र कोठा उपलब्ध गराइएको छैन । मन्त्री पोखरेलले आवश्यकताको आधारमा सबै सरकारी र निजी विद्यालय र क्याम्पसको भवन लिन सकिने स्पष्ट पारे । उनले भने– ‘अहिले करिब ५ सय क्याम्पस र विद्यालयलाई क्वारेन्टाइन बनाइसकेका छौं, आवश्यक परे चाहेजतिमा प्रयोग गर्न सक्नेछौं ।’ नेपाल समाचारपत्र दैनिक