२४ असार २०८३, बुधबार
,
Latest
सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ? जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्यन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानाका आवातजावतमा कडाइ



अ+ अ-

सुदूरपश्चिम। नेपालको पछिल्लो अवस्थालाई ध्यानमा राखी सुदूरपश्चिम प्रदेशका सीमानाकामा आवातजावतमा कडाइ गरिएको छ ।

प्रदेशका मुख्य गौरीफन्टा र गड्डाचौकी सीमानाकामा आवतजावतमा भारतीय सीमासुरक्षा बल (एसएसबी)ले कडाइ गरेको हो।

भारतको आधारकार्ड भएका नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको त्रिनगर प्रहरी चौकीले जानकारी दिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

कञ्चनपुरको गड्डाचौकी नाकामा पनि आवतजावतमा कडाइ गरिएको स्थानीय पुष्कर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल फर्किनेलाई दिएको छ, भारत जान चाहनेलाई जान दिइएको छैन ।” उपचारमा जाने बिरामीलाई भने भारततर्फ जान दिइएको छ ।

मङ्गलबारको प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएर भारत जान लागेका कैदीलाई आज बिहान सीमानाकामै रोकेको जनाइएको छ । रासस