जुम्ला। जिल्ला कारागारबाट ३६ जना कैदीबन्दी फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार मङ्गलबार राति जेलबाट कैदीहरू फरार भएका हुन् ।
प्रहरी नायब उपरीक्षक रेग्मीका अनुसार पाँच कैदीलाई भाग्नुअघि नियन्त्रणमा लिइएको भए पनि ३६ जना फरार छन् । प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदी फरार भएका थिए ।
प्रारम्भिक अनुसन्धानमा कैदीहरू योजनाबद्ध रूपमा भागेको अनुमान छ । घटनापछि सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । रासस










