१३ असार २०८३, शनिबार
,
Latest
संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस



सुलभ अग्रवाल
अ+ अ-

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । प्रहरीले अग्रवाललाई थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयमा बुझाएउदै उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पक्राउ परेका बेला उनी कीर्गिस्तानका अवैतानिक दूतसमेत भएकाले सार्वजनिक पदको दुरुपयोगमा पनि उनलाई मुद्दा चलाउन सिफारिस गरिएकाले उनलाई अधिकतम साढे ४ वर्षसम्म जेल सजाय हुनसक्छ । उनको साथबाट बरामद भएको स्वास्थ्य सामग्री जफत गरी १५ लाख ७८ हजार ९ सय १३ रुपैयाँ जरिवाना भराउन प्रहरीको सिफारिस छ ।