२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव भुसालद्वारा मृतकप्रति श्रद्धाञ्जली प्रकट



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले जेनजी पुस्ताको आन्दोलनका क्रममा मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

पार्टी महासचिव भुसालले आज एक विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण तरिकाले समस्या समाधान नगरी हिंसात्मक दमनतर्फ उत्रिएको आरोप लगाउनुभयो ।

महासचिव भुसालले उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न माग गर्नुभएको छ । उहाँले आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग नगर्न आन्दोलनरत युवालाई आग्रह पनि गर्नुभएको छ । रासस