२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारको औचित्य पुरै समाप्त: डा शेखर कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता डा शेखर कोईरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको जनाउनु भएको ।

डा कोईरालाले सरकारले प्रतिबन्ध लगाएको फेसबुकमा एक स्टाटस राख्दै आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको र तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं भन्ने आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ-

प्रिय जेनजी साथीहरु,

आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देश भित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेको कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ ।

त्यसको जति निन्दा र भर्त्सना गरे पनि पुग्दैन । सरकारले गरेको तपाईं हाम्रा प्रियजनहरुको हत्याले मलाई मर्माहत बनाएको छ ।

श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपुरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पिडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरुसँगै छु र रहिरहनेछु ।

तपाईंहरुका माग समय सापेक्ष र जायज छन् । आजको लोकतन्त्रमा आफ्ना कुकृत्य लुकाउन सामाजिक सञ्जाल बन्द गर्नु अधिनायकवाद भन्दा अरु के होला र ? देशवाट भ्रष्टाचार निर्मुल हुनैपर्छ ।

आजवाट वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको छ । तपाईं हामी मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोजौं ।

तपाईंको अभिभावक,

डा शेखर कोईराला। ।