२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान मन्त्रिपरिषद्लाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन: राप्रपा नेपाल



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले देशव्यापी आन्दोलनमा भएको प्रशासनको चरम दमनको घोर निन्दा र भर्त्सना गरेको छ ।

महामन्त्री राजाराम बर्तौलाले एक बिज्ञप्ति जारी गर्दे भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन जी पुस्ताले गरेको आन्दोलनमा हाल सम्म १६ जना निर्दोष र निहत्था युवाहरूको ज्यान जानुमा सरकार जिम्मेवार भएको ठहर गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ-

भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा Gen Z का युवा पुस्ताले आव्हान गरेको स्वस्फुर्त देशव्यापी आन्दोलनमा भएको प्रशासनको चरम दमनको राप्रपा नेपाल घोर निन्दा र भर्त्सना गर्दछ। सरकारी दमनको परिणामस्वरूप अहिलेसम्म प्राप्त जानकारी अनुसार १६ जना निर्दोष र निहत्था युवाहरूको ज्यान गएको छ, सयौँ घाइते भएका छन्।

निर्दोष युवाहरू माथि बर्बरतापूर्वक निर्मम आक्रमणको निम्ति पूर्णतया वर्तमान सरकार जिम्मेवार छ। स्कुल कलेज पढ्दै गरेका युवा र किशोरहरू माथि निर्ममतापूर्वक दमन गर्ने वर्तमान मन्त्रीपरिषद्लाई सत्तामा बस्ने कुनै नैतिक अधिकार छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गर्नुपर्दछ।

भ्रष्टाचार र कुशासनको अन्त्य एवं सामाजिक सञ्जाल नियमित सञ्चालन गरियोस् भन्ने युवाहरूको माग जायज छ र यस मागको पक्षमा आम नेपाली जनताको साथ र समर्थन रहेको छ।
आन्दोलनमा सहादत प्राप्त गरेका कलिला युवाहरूको रगत त्यसै खेर जाने छैन। आमूल परिवर्तनको सूत्रधार बन्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं।
दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
राजाराम बर्तौला

महामन्त्री