१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गर्यो: सोविता गौतम



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सोबिता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको आरोप लगाउनु भएको छ ।

जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेकामा आक्रोस व्यक्त गर्दे सांसद गौतमले बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता भएको जनाउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ-

प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलायो। बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता होइन, कायरता हो ।

कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो।

यो हत्या हो।

यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति हो। जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो।

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ। यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो। यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो।