१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु: सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताउनुभएको छ ।

संसदीय सुनुवाई समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि उहाँले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताउनुभयो ।

एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताउनुभयो । यति हु्ँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उहाँको प्रतिबद्धता छ ।

समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि उहाँले शपथ ग्रहणपछि जनाउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउनुहुँदै उहाँले अरुको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पार्नुभयो । रासस