२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष रूपमा संसदीय सुनुवाई समिति सभापति पदको भूमिका अघि बढाउँछु: सभापति खतिवडा



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताउनुभएको छ ।

संसदीय सुनुवाई समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि उहाँले गलत व्यक्ति सिफारिस भई सुनुवाईका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताउनुभयो ।

एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताउनुभयो । यति हु्ँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उहाँको प्रतिबद्धता छ ।

समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्बाह गर्ने प्रतिबद्धता पनि उहाँले शपथ ग्रहणपछि जनाउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउनुहुँदै उहाँले अरुको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रष्ट पार्नुभयो । रासस