१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

दमकमा हालसम्म ८४ जनाको पिसीआर

दमकमा हालसम्म ८४ जनाको पिसीआर
अ अ+ अ-

दमक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए/नभएको पिसीआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा थप सङ्क्रमण फैलिने भएकाले त्यसको पहिचान गर्न हालसम्म ८४ जनाको पिसीआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा खड्गलाल लिम्बूले बताए। नगरपालिकाले सोमबार कोरोना नियन्त्रण तथा रोकथामका क्षेत्रमा भइरहेको कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा डा लिम्बूले सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकामार्फत भइरहेको कामका बारेमा जानकारी गराएका थिए ।

पिसीआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शङ्कास्पद ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा सङ्क्रमण पुष्टि भएको थियो । आइतबार मात्र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका ५४ व्यक्तिको समेत आरडिटी परीक्षण तथा स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको उनले बताए । पिसीआर परीक्षणको रिपोर्ट आजसम्ममा आउने उहाँको भनाइ छ । सङ्क्रमित क्षेत्रमा डा लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्राविधिकको छुटाछुट्टै चार टोली परिचालित भएको थियो । उनका अनुसार सङ्क्रमण रोकथाम गर्न हालसम्म नगरभित्रका १५७ जनाको समेत र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) परीक्षण गरिएको छ ।

यसैगरी हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा १३ जनाले सेवा पाउनुका साथै एक पुरुष र दुई महिला गरी तीन हाल उपचाररत रहेको उनले बताउनुभयो । त्यस्तै दमकका अन्य तीन क्वारेन्टाइनमा भने हाल ४१ जना रहेका छन् । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यसैगरी सोही अस्पतालले सञ्चालन गरेको फिभर क्लिनिकमा २६० को स्वास्थ्य परीक्षण गरिएको डा लिम्बूले बताउनुभयो । सो अवसरमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन ढकालले अस्पतालले कोभिड–१९ सहित अन्य रोगका उपचार र भइरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए । कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्लामा नै पहिलोपटक आम्दा र दमककै सरकारी अस्पताल दमक अस्पतालले दैनिक फिभर क्लिनिक सञ्चालन गरिआएको छ ।

आम्दाका मेसु डा ढकालले फिभर क्लिनिकमा चैतमा हालसम्म ६८४ को परीक्षण गरिएको र तीमध्ये चार जनालाई दमक अस्पतालमा सिफारिस गरिएको बताए । आम्दाले चार श्ययाको आइसोलेसन सञ्चालन गरिआएकामा त्यसबाट हालसम्म चार जनाले सेवा पाएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा नगरप्रमुख रोमनाथ ओलीले महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी कार्य गर्दैआएको बताए । उनका अनुसार सङ्क्रमित वृद्धको हाल विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा उपचाररत छन् ।