१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान

सशस्त्रका डिएसपीले दिएको रगतले बच्यो युवतीको ज्यान
अ अ+ अ-

बैतडी । महिनावारीका बेला अत्यधिक रक्तश्राव हुने समस्याबाट ग्रसित एक युवतीलाई बैतडीस्थित सशस्त्र प्रहरी प्रमुखले रक्तदान गर्नुभएको छ । दशरथचन्द नगरपालिका–८ की युवती उक्त समस्याले जिल्ला अस्पतालमा उपचाररत रहेका बेला बैतडीस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले सोमबार रगत दिएका हुन् । सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले एक युनिट तथा ३५० एमएल रगत दिनुभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । बी पाजेटिभ रगत अभाव भएपछि बिरामीका आफन्तले सशस्त्र प्रहरीलाई गुहारेको थियो ।

युवतीको अहिले जिल्ला अस्पतालमै उपचार भइरहेको छ । रगत दानपश्चात युवतीको ज्यान बचेको डा जोशीले बताए । “लकडाउनका बेला रगत खोज्न समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”, रगत दान गर्न पाउँदा आफू निकै खुशी भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए। उनले भने “मानवीय कुरा भएर पनि आफूले रगत दिएँ, निकै खुशी छु ।”

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा सेना प्रहरीकै भर पर्नुपर्ने बाध्यता कायमै छ । सुदूरपश्चिम प्रदेश सरकारले रक्तसञ्चार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरेको भए पनि जिल्लामा हालसम्म केन्द्र सञ्चालन हुनसकेको छैन । रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रेडक्रसलाई जिम्मा दिए पनि जनशक्तिको अभाव रहेको डा जोशीले बताए । “प्रदेश सरकारले विनियोजन गरेको बजेटले मेसिन खरिद गरिसकेका छौँ”, उनले भने, “सङ्कलित रगत एक महिनासम्म खपत गरिसक्नुपर्ने हुन्छ, जिल्लामा रगत आवश्यक पर्ने घटना कम हुन्छन्, केन्द्र स्थापनाका लागि केही समस्या भएको छ ।”