१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रायणीलाई द्यो छेँ भित्र्याउँदै जात्रा सम्पन्न



अ+ अ-

भक्तपुर। इन्द्र दह अर्थात् सिद्धपोखरीबाट आज साँझ बाजागाजाका साथ इन्द्र देवताको मूर्तिलाई खटमा राखी भक्तपुर देश यात्रा गर्दै भक्तपुर खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएसँगै इन्द्रायणी जात्रा सम्पन्न भएको छ ।

इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित शनिबार साँझ इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ इन्द्र दह अर्थात् सिद्धपोखरीमा ल्याएर सुरु भएको जात्रा आज साँझ त्यसैगरी इन्द्र दहबाट जात्रा गर्दै देवगृह पुर्याई इन्द्र देवतालाई आसनमा विराजमान गराएसँगै जात्रा सम्पन्न भएको हो ।

शनिबार साँझदेखि रातभरि र आज दिनभरि लागेको मेला एवं जात्रामा इन्द्र दहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको थियोे ।नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलोपोखरी निर्माण गराएर स्नान गरेका कारण यो पोखरीको नाम इन्द्र दह रहन गएको संस्कृति एवं इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा स्वरुप पनि इन्द्र दहमा मेला लाग्ने गरेको उहाँले बताउनुभयो । राजतन्त्रको पराजय र जनताको विजयीका रुपमा पनि यो जात्रा मनाइने गरेको श्रेष्ठ बताउनुहुन्छ । रासस