१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

मल नपाउँदा किसान चिन्तामा

मल नपाउँदा किसान चिन्तामा
अ अ+ अ-

कैलाली । बर्खेखेती गर्ने समय नजिकिँदै जाँदा कैलालीका किसानले आवश्यक मल खरिद गर्न पाएका छैनन् । एक महिनादेखिको लकडाउनका कारण बजार बन्द भएपछि किसानले मल खरिद गर्न नपाएका हुन् ।

धानको बीउ छर्नका लागि खेत तयार पारिसकेका किसान मल नपाएर चिन्तामा छन् । जानकी गाउँपालिका–६ का रामकृष्ण चौधरीले आवश्यक भएको समयमा मल नपाए उत्पादन वृद्धि हुन नसक्ने बताउनुभयो । “किसानले हरेक वर्ष समस्या झेल्दै आएका छौँ”, चौधरीले भन्नुभयो, “मलको समस्या सधैँ हुन्छ, विगतका वर्ष महङ्गोमा व्यापारीबाट त किन्न पाइन्थ्यो, यस वर्ष त्यो पनि छैन ।”

रासायनिक मलको अभाव भएपछि खेती कसरी गर्ने भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो । “खेतीपाती शुरु गर्नुभन्दा पहिले मलखादको जोहो गर्नुपर्छ”, जोशीपुरका किसान सरस्वती भाटले भन्नुभयो, “अहिले आवश्यकताबमोजिम मल पाउन सकिएको छैन, यतिखेरसम्म धानको बीउ राखिसक्थ्यौँ, यस वर्ष मेसो मिलेको छैन ।”

कैलालीमा कृषि सहकारीले स्थानीय किसानलाई मल र बीउ सहज पाउने वातावरण मिलाउँथे । धनसिंहपुरका गोविन्द साउदले विगतमा सहकारीमै मल र बीउ खरिद गर्नुहुन्थ्यो । “सहकारीमै बीउ र मल किन्न पाइन्थ्यो, यस वर्ष आएकै छैन भन्छन्”, साउदले भन्नुभयो, “मेरो त वर्षातमा डुबान हुने जमिन, अहिल्यै बीउ राखेर जेठ अन्तिम सातासम्म रोपाइँ गरिसक्नुपर्छ । अब मल र बीउ किन्न कहाँ जाने होला रु”

कृषि सामग्री कम्पनी धनगढीमा आवश्यकताअनुसार रासायनिक मल मौज्दात नहँुदा समस्या सिर्जना हुने देखिएको छ । लकडाउन लम्बिएसँगै खेती गर्ने समय आइसकेकाले समस्या हुने देखिएको कृषि सामग्री कम्पनी धनगढीले जनाएको छ । कम्पनीसँग भएको मल पनि लकडाउनका कारण बजारमा पठाउन सकेको छैन । धनगढीमा अहिले दुई हजार ५०० टन युरिया, एक हजार ३०० टन डिएपी मल मौज्दात रहेको कम्पनीका निमित्त प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताउनुभयो ।

“सुदुरपश्चिम प्रदेशका लागि तीन हजार ३२५ मेट्रिकटन युरिया र एक हजार ७२० मेट्रिकटन कूल मौज्दात रहेको छ”, प्रमुख बोगटीले भन्नुभयो, “यो मल सुदूरपश्चिमको नौ वटै जिल्लाका लागि मौज्दात भएकाले आवश्यक मात्रामा मल पुग्दैन ।”

कैलालीमा ९५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । यसमा सिँचाइयोग्य ३९ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । जसका लागि कैलालीमा चार हजार टन युरिया र तीन हजार टन डिएपी आवश्यक हुने भएकाले समस्या रहेको बोगटीले जानकारी दिनुभयो । कैलालीलगायतलाई मध्यनजर गर्दै अहिले चार हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिकटन डिएपी केन्द्रसँग माग गरेको बोगटीले बताउनुभयो ।